बैतडी । जिल्लामा फोन सेवा पूर्ण रुपमा सुचारु हुन अझै एक साता लाग्ने भएको छ । तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुले पनि पूर्ण रुपमा सुचारु हुन अझै एक साता लाग्ने भएको हो ।
सोमबार राती कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युत्को पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा पूर्ण रुपले अवरुद्ध थियो ।
टेलिकमको फाइबर काटिएसँगै अवरुद्ध बनेको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले चलाएको नेपाल टेलिकम बैतडी शाखाले जनाएको छ ।फोनको वैकल्पिक व्यवस्था गरिएपछि पूर्ण रुपमा चल्न एक साता लाग्ने भएको हो ।