एजेन्सी भारतमा राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण लिएकी छन्। मुर्मुले सोमबार भारतको १५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी हुन् ।
मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमणले शपथ दिलाएका हुन् । आइतवार राम नाथ कोभिन्दको कार्यकाल सकिएको थियो ।
उनी झारखन्डकी पहिलो महिला गभर्नर पनि हुन् । उनी सन् २०१५ देखि सन् २०२१ को बीचमा त्यहाँकी गभर्नर बनेकी थिइन् ।
ओडिशामा उनले मन्त्रीको कार्यभार पनि सम्हालिसकेकी छिन् । मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् ।