रामेछाप । जिल्लास्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। थप वर्षा हुने भएकाले उक्त खोलाको जलसतह थप बढ्ने जोखिम समेत रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।
सोमबार रातिदेखि कास्कीको घलेखर्क वर्षा मापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।