नुवाकोट। जिल्लाको बेलकोटगढी नगरपालिका–१२ मा निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ।
बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको हो।
खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।
तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन्।