काठमाडौं। नेपाल निर्माण व्यवसायी संघ कञ्चनपुरको वार्षीक साधारण सभा एवं जिल्ला अधिवेशन हुने भएको छ। निर्माण व्यवसायी संघ कञ्चनपुरको २५ औँ वार्षिक साधारण सभा एवं १५ जिल्ला अधिवेशन हुने भएको हो।
निर्माण व्यवासयी संघ कञ्चनपुरको साधारण सभा एंव जिल्ला अधिवेशन आगामी भाद्र २४ गते सम्पन्न हुने भएको छ। निर्माण व्यवसायी संघ कञ्चनपरको मिती २०७९/०४/०५ गतेका दिन बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो।
संघ ले सूचना प्रकाशित गर्दै संघका सम्पुर्ण साधारण सदस्य ज्यूहरुलाई आगामी भाद्र १४ गते कार्यालय समय भित्र आ–आफ्नो सदस्यता निर्वाचन प्रयोजनका लागि नविकरण गराउन जानकारी गराएको छ।
