बिश्वभरिनै एउटा संरचनाको एक डिजिटल प्रतिनिधित्व भएको भवन निर्माण गर्नको लागी तथा सहरी बिकास गर्नको लागि बिल्डिंग सूचना मोडलिको आविस्कार गरियको हो । यस टेक्नोलोजिले भवन निर्माणमा संलग्न सबैलाई कठिनाईहरुको अनुमान गर्न, जोखिम लाई हटाउन र दक्षता बढाउन सक्षम बनाउँछ ।
यसले निर्माण भन्दा पहिले भविष्यमा आउन सक्ने चुनौतीहरु को पूर्वानुमान गरेर पहिलेनै समाधान पत्ता लगाउने, निर्माण को समयमा अप-टू-डेट र सही सन्दर्भ दस्तावेजको लागी एक केन्द्रीय हब को पेशकश गरेर संचार र दक्षता मा सुधार गर्ने र निर्माण पछि भवनको प्रत्येक विवरणको बारेमा बहुमूल्य जानकारी लिई मालिकहरु लाई प्रदान गरी व्यवस्थापनको निर्माणको लागी संभावना सिर्जना गर्दछ ।
निर्माण प्रक्रियाको हरेक पक्षमा सुधार गर्ने भयकोले हाल निर्माण गरियको प्रविधि मध्य यो प्रविधि सबैभन्दा महत्वपूर्ण रहेको छ । यो नयाँ टेक्नोलोजीले अझै अरु पनी निर्माणमा क्रान्ति ल्याउन सक्छ ।
यस्तो डिजिटल टेक्नोलोजी नेपालमा अझै नभित्रिय पनी छिट्टै भित्रिने सम्भाबना प्रबल रहेको छ । उक्त टेक्नोलोजीको आगमनसँगै नेपालको सहरी विकास तिब्र रुपमा अगाडि बढ्नेछ ,जसले गर्दा नेपाल पनि विकशित देशहरुमा गन्निनको लागि समय लाग्दैन ।