सुनसरी। शहरी विकासमन्त्री मेटमणी चौधरीले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
चौधरीले शुक्रबार धरानमा आयोजित एक कार्यक्रममा बोल्दै धरानमो मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन्।
शहरी विकास मन्त्री चौधरीले धरानको मुख्य समस्या रहेको खानेपानीको समस्या समाधान गर्न सकेसम्म सहयोग गर्ने र धराने जनतालाई खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।
उनले धरानमा सञ्चालन रहेको फोहोरमैलाबाट बायो ग्यास र मल उत्पादन गर्ने कम्पनीको समेत निरीक्षण गरेका छन् । उनले धरानका नगर प्रमुख हर्कराज राईलाई मन्त्रालयमा आउन आमन्त्रण पनि गरेका छन् ।