काठमाडौं। उदयपुरमा गुणस्तरहिन काम गर्नेलाई भुक्तानी दिइएको छ। उदयपुरको पूर्वाधार विकास कार्यालयले गुणस्तरहिन काम गर्नेलाई भुक्तानी दिएको हो।
त्रियुगा नगरपालिकाको झोडामा गरिएको सडक स्तरोन्नतीको काम गुणस्तरहिन भएको गुनासो आउदा आउदै पूर्वाधार कार्यालयले भुक्तानी दिएको हो।
आर्थिक वर्ष सकिनै लाग्दा सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले पहुँचका आधारमा आफ्नै गाउँमा केही योजनाहरु ल्याएका थिए। प्रदेश मन्त्रालयबाट रकम छुट्टाएर ल्याएका योजना मध्ये झोराटोल सस्वतीखोला सडक सतह बिवादीत योजना बन्यो। समिति मार्फत गरिएको करिब एक करोडको योगदान अपारदर्शिरुपमा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित भएपछि प्रश्न उठेको हो।
यस विषयमा उपभोक्ता उमेश रायमाझाी भन्छन्, "सबै भन्दा ठूलो गल्ती पूर्वाधार विकास कार्यालयको छ। यदी पूर्वाधार कार्यालयले स्टीमेट अनुसार काम नगरेसम्म हामी भुक्तानी दिन सक्दैनौं भनेर उपभोक्ता समितिलाई कडाइ गरिएदिएको भए समितिले गुणस्तरहिन काम गर्न सक्दैन थियो।"
उपभोक्ताले गुणस्तरहिन काम भएको जानकारी गराउन बारम्बार खबर गर्दा पनि सुनुवाई गर्नुको सट्टा कार्यालयले समितिलाई रनिङ बिलकै आधारमा ८२ लाख अर्थात ९६ प्रतिशत रकम भुक्तानी दिएको छ। तर, गरिएको काम गुणस्तरहिन मात्र नभएर बनिनसक्दै भत्किएको पनि छ।
यति हुँदाहुँदै पनि उपभोक्ता समितिले कामको गुणस्तरियतामा प्रश्न उठाउने ठाउँ नै नभएको दाबी गरेको छ।
योजनामा गुणस्तरहिन गिट्टी, बालुवा, ढुङगा लगाएतका सामाग्री प्रयोग भएका छन्। नाली स्टीमेट अनुसार निर्माण गरिएको छैन भने, पर्खाल बनिनसक्दै भत्किएको छ। सडकको बेश र सवबेश बलियो नभएको उपभोक्ताको गुनासो रहेको छ।
पूर्वाधार कार्यालयले भने योजनाको काम सम्झौता बमोजिम सन्तोषजनकनै रहेको दाबी गरेको छ। उपभोक्ताको गुनासोको सुनुवाई गरिने पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताए।
असार अन्तिममा गरिने अधिकांश योजनाको काम गुणस्तरिय नहुँदा सरकारको लगानी पानीमाथीको बालुवा झै हुने गरेको छ। गुणस्तरहिन काम गर्नेलाई कारबाहि गर्नुको सट्टा उल्टै प्रोत्साहन गरिन्छ भने दिगो विकास निर्माणको काम कहिले होला?