खोटाङ। खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्।
भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। भूकम्पले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको खोजि भएको बताइएको छ।
खोटाङ केन्द्रविन्दू बनाएर गएको ६ म्याग्निच्युडको भूकम्पको पराकम्पन आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म धक्का महसुस भएको थियो।