काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिका–१ मा पौराणिक कला संस्कृति झल्काउने गरी कलात्मक रूपमा क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको छ। करिब आठ दशकअघि बनेको यो केन्द्र भूकम्पले भत्केपछि ढिलै भए पनि पुनर्निर्माण सुरु भएको हो।
उनका अनुसार वि.सं. २००१ देखि २००२ सम्म खप्तड बाबा यहाँ रहेका र उनले नै कुटी निर्माण गरेका थिए। भूकम्पले कुटी भत्केपछि उनकै स्मृतिमा श्री क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको हो।
बहुवर्षीय योजनाअनुसार आर्थिक वर्ष २०७७/७८ मा भीमेश्वर नगरपालिकाको र बागमती प्रदेश सरकारबाट आएको ११ लाख २० हजार र आव २०७८/७९ मा सहरी विकासको ३६ लाख ७३ हजार रुपियाँमा भवनको संरचना निर्माण भएका बताइएको छ। संरचना जोगाउन तत्कालका लागि प्लास्टिकले छानो छोप्न लागिएको छ। हिउँदमा जिल्लामै पाउने स्लेट ढुङ्गाले छानो छाउने सोच रहेको छ।