हेटौंडा । भुमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाले डीप बोरिंग निर्माण कार्यको लागी प्रस्ताब आव्हान गरेको छ । उक्त डीप बोरिंग निर्माण कार्यका लागि इच्छुकले यहि मिति २०७८/०६/१४ सम्ममा कार्यालय निर्देसनालयमा उपस्थित हुनको लागि आव्हान गरेको छ ।
त्यसका लागि रु.१० को हुलाक टिकट टाँस गरेको निबेदन , नेपालि नागरिकको प्रमाणित प्रतिलिपि , र संस्थाको हकमा संस्था दर्ता तथा नबिकरण गरेको प्रमाणपत्र, स्थाई लेखा नम्बर तथा कर चुक्ता गरेको प्रमाणित प्रतिलिपि , प्रस्तावकले लागत साझेदारी गर्न अन्य निकायबाट अनुदान लिए / नलिएको प्रतिबद्दता , उक्त कार्यालयको रास्ट्रीय बाणिज्य बैंकमा रहेको धरौटी खाता नं. १३००१००२०२०३०००० मा धरौटी जम्मा गर्न कार्यालय कोड नं. ३१२०१३२०१३ मा प्रति हेक्टर रु १००० का दरले जम्मा गरेको भौचरको एक प्रति, र समूह वा संस्थाको हकमा समितिको बैठकले कार्यक्रम माग गर्नको लागि गरेको निर्णयको प्रतिलिपी पेस गर्नुपर्ने छ ।
निवेदकले साथमा हालसम्म अनुदान लियको वा नालियाको स्वघोषणको पत्र पेस गर्नुपर्ने छ । सम्बन्धित कार्यको जानकारीको लागि www.molmac.bagamati.gov.np वा www.doad.bagamati.gov.np मा हेर्न सकिन्छ ।