पोखरा। पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिएपछि २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो।
पहिरोमा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा २६ वर्षीया सुनिता सुनार र १० वर्षीया सिम्रन सुनार रहेका छन्।
दुवैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण आइतबार राति पहिरो गएपछि सुनारको घर पुरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।