काठमाडौं। टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कले अस्टिनमा निजी विमानस्थल निर्माण गर्ने भएका छन्। मस्कले टेक्सासस्थित बास्ट्रोपमा आफ्नै निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका हुन्।
पछिल्लो वर्ष यता टेक्सासमा आफू लक्षित विभिन्न सुविधा सम्पन्न पूर्वाधार विस्तार गर्दै आएका उनले पछिल्लो समय विमानस्थल निर्माणको योजना अगाडि सारेका हुन्। आफ्नो कम्पनीको नयाँ मुख्यालय अस्टिनको बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोमिटर पर स्थापना गरेका छन्।
उनले तयार गर्ने विमानस्थलमा कर्पोरेट जेट प्रयोग गरिने जनाइएको छ। विमानस्थलमा दुईवटा गल्फस्ट्रिम जि –६५० इआर, ड्याजल्ट फाल्कन –९००बी लगायत सिरीजका जहाज उडान अवतरण गर्न सकिनेछ।
यो विमानस्थल निर्माण सुरु हुनु अगाडि अमेरिकी वातावारण सुरक्षा समिती र उड्डयन प्रशासन संगठनको अनुमति लिन बाँकी नै रहेको जनाइएको छ।
कम्पनीले निकट भविष्यमा ल्याउन लागेको स्पेश एक्स सुविधा सार्वजनिक गर्नु अगाडि नै कम्पनीले स्टार सीप रकेटको परीक्षण उडान गरिसकेको छ। गत अप्रिलमा मस्क ३६औं वार्षिक अर्बपतिहरुको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा सुचीकृत भएका थिए।