काठमाडौं। कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ। गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो।
वलिमालिका माईको दर्शनका लागि सयौं भक्क्तजनहरु सोही सडक भएर जाने भएकाले गाउँपालिकाले रातारात काम गरेर सडकलाई सुचारु गराएको जनाएको छ।
गाउँपालिका उपाध्याक्ष पार्वती सिहं सज्यालले गाउँपालिका आएको तीन दिनयता सडक खुलाउन आफैँ पहिरोग्रस्त क्षेत्रमा खटिएको बताए। उपाध्याक्ष सज्यालले वर्षा पनि नरोकिएका कारणले पहिरो आइरहने भएकाले केही दिन काम रोकेका थियौँ।
तर बडिमाली माईको पूजा लाग्ने र त्यहाँ सह्यौँ भक्तजनहरु दर्शनका लागि जाने भएकाले दैनिक पहिरोग्रस्त क्षेत्रमा स्काभेटर राखेर भए पनि सडक सुचारु गराएको जानकारी दिए।