खोटाङ। सुख्खा पहिरोका कारण खोटाङको एसेलुखर्क गाउँपालिकास्थित जलेश्वरी गाउँ जोखिममा परेको छ। शनिबारदेखि निरन्तर पहिरो खस्दा जलेश्वरीको माझ गाउँका १८ घर जोखिममा परेका हुन्।
माझ गाउँको पछाडिपट्टिको पहाडमा सुख्खा पहिरो खसेको हो। पहाडको करिब चार सय मिटर चौंडा भाग खसेर सात सय मिटर तल खोलामा थुप्रीएको छ। पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्र बहादुर राई लगायतका घर उच्च जोखिममा परेका छन्।
पहिरोका कारण स्थानिय जनकल्याण आधारभुत विद्यालय पनि जोखिममा छ। विद्यालयको खेल मैदान नजिकबाट पहिरो खसेपछि विद्यार्थी त्रासमा छन् । पहिरोले दिप्ली, मावा, माझ गाउँ, बेलबाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ। त्यहिँ मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझ गाउँ झन जोखिममा परेको छ।