दोलखा । माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा एक युवक बेपत्ता भएका छन्। बोटिङ गरेर बाँध तर्ने क्रममा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत बेपत्ता भएका भएका हुन् ।
लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत उनी बोटिङ गरेर तर्ने रुखको हाँगा भाचिएपछि बाँधमा फाल हालेका थिए । ९ जनाको समूहमा बोटिङ गरेका उनी बाँधमा फामहालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । नासा हाईड्रोका कर्मचारी समेत रहेका बस्नेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।