काठमाडौं। प्रतिनिधि सभा सदस्य तथा निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य समेत रहेका हिम्दुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रा लि का संस्थापक लामा तामाङका पिताको निधन भएको हो।
तामाङका पिता दिपबहादुर तामाङको मंगलबार राति ११ बजे निधन भएको हो। उनको आफ्नै जन्मभूमि नुवाकोटको किस्पाङ गाउँपालिका मनकामनामा निधन भएको छ।