काठमाडौं। बालाजुस्थित बाइपास जुत्ता कारखानामा भीषण आगोलागी भएको छ। बालाजु बाइसधारामा रहेको ‘वान वर्ल्ड’ जुत्ता कारखानामा आगो लागेको हो ।
कारखानामा लागेको आगोका कारण वरिपरिका घरहरू समेत जोखिममा परेका छन् ।
काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल बोलाइएको प्रहरीले जनाएको छ।
दमकल, तीनवटा पानी ट्यांकर, नेपाली सेना र सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । के कारण आगो लागेको भन्ने कारण भने नखुलिसकेको प्रहरीले जनाएको छ।