डडेल्धुरा। सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ। सेती र महाकाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको हो।
गत वर्ष २०७८ असोज ३१ देखि कार्तिक २ गतेसम्म परेको अविरल बेमौसमी वर्षाले महाकाली र सेती राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि समस्या परेको थियो।
यस्तै, डडेल्धुराको स्याउलेदेखि डोटीको साजघाटसम्म पहिरोले बिग्रिएको सेती राजमार्गको मर्मतमा आठ करोड रकम खर्च गरिएको छ। सेती राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा भासिएको सडकमा बाहेक अन्य क्षेत्रमा पर्खाल लगाउने काम सकिएको छ।
रडुवाखोलामा करिब ७० मिटर सडक भासिएको छ। उक्त सडक मर्मतका लागि बायो टेक्निकल इन्भेस्टिगेशन अध्ययन गरिएको छ।