काठमाडौं। हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनहरु (अटो/मयूरी) मा अहिले ट्राफिक प्रहरीले धमाधम स्टीकर टाँस्ने कार्यलाई तीव्र पारेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बिहीबारदेखि सुरु गरेको स्टीकर टाँस्ने अभियानअन्तर्गत् मंगलबारसम्म ५ सय ५६ वटा तीनपाङ्ग्रे सवारी साधनमा स्टीकर टाँसिएको छ।