हेटौंडा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। एम्बुलेन्सको ठक्करबाट संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पाको मृत्यु भएको हो।
शेर्पा मनहरी गाउँपालिकाको खरङ्गा स्थित छोरीको घरमा बस्दै आएकी थिइन्। आज बिहीबार बिहान १० बजेको समयमा मनहरी वडा नम्बर–९ को खरङ्गामा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याईएको छ। ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ भने सवारी चालक फरार रहेको प्रहरीको भनाई छ।