काठमाडौं। आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान गरिएको छ। निर्वाचन आयोगले आइतबार सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन्।
निर्वाचन आयोगले दिएको सुझाबका आधारमा सरकारले एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो। निर्वाचनका लागि आयोगले आवश्यक तयारीसमेत गरिरहेको छ।
आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ। मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ।