काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफू खेल पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर लागि परेको बताए। शनिवार काठमाडौमा आयोजित नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन र खेलकुद एक अर्काका पर्याय भएको बताएका हुन्।
उनले खेलकुद क्षेत्रको विकासका लागि पनि देशको राजनीति सही ठाउँमा हुनु जरुरी भएको भन्दै पर्यटन र खेलकुद क्षेत्रलाई कोभिडले समेत असर पारेको भन्दै यसका लागि आफूहरूले मेजर एड्भाञ्चर र कल्चर गरी ७४ बुँदे कार्ययोजना तयार पारी अगाडि सारेको बताए।
बैठकमा महासङ्घको राजनीतिक सांगठनिक प्रतिवेदन पार्टीको केन्द्रीय सदस्य साथै महासङ्घको अध्यक्ष केशव कुमार बिष्टले बैठकमा प्रस्तुत गरेका थिए।
बैठकमा अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदनमा र महासचिव अर्जुनभक्त राईले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन माथि बैठकमा केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू, प्रदेश अध्यक्ष प्रदेश इन्चार्जहरूले रिपोर्टिङ सुझाब सहित आफ्नो धारणाहरू राखेका थिए।