काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सन्राइज बैंकले चौतारी निर्माण गरेको छ। सुनवलको वडा नं ३ स्थित किर्तिपुरमा चौतारीको निर्माण गरेको हो।
बैंकले एक कार्यक्रमको आयोजना गरेर सो चौतारी हस्तान्तरणसमेत गरेको छ। स्थानीय विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको बताइएको छ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको एक प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको जनाएको छ। गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकको दावी छ।