काठमाडौं। शिवम् सिमेन्ट्सले विशेष साधारणसभ गर्नका लागि बुक क्लोज भदौं २ गते गर्ने भएको छ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार भदौ २ गतेका दिन बुक क्लोज गर्ने भएको हो ।
यस अनुसार भदौ १ गतेसम्म कायम शेयरधनीले विशेष साधारणसभामा भाग लिन पाउँनेछन् ।
कम्पनीले भदौ १० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले अनामनगरस्थित आफ्नै कर्पोरेट कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगाएतका प्रस्तावहरू पारित गर्नेछ । कम्पनीको स्वीकृत नियमावलीको नियम नं. २३ गणपुरक संख्या कुल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं. २५ को उप नियम (५) संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्ने कार्यक्रम रहेको छ ।