काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमको नाफा साढे १७ प्रतिशतले बढेको छ। टेलिकमले ८ अर्ब ३८ करोडभन्दा बढी खुद नाफा गर्दै अघिल्लो वर्षको तुलनामा खुद नाफा १७.५४ प्रतिशतले बढाएको हो।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू ७ अर्ब १२ करोडभन्दा बढी थियो। गत वर्ष कम्पनीको कुल आम्दानी ५ प्रतिशत बढेको छ। अघिल्लो वर्ष रू ४२ अर्ब २० करोडभन्दा बढी कुल आम्दानी रहेको कम्पनीले गत वर्ष रू ४४ अर्ब ३२ करोडभन्दा बढी यो आम्दानी भएको हो। कम्पनीले गत वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू १८ अर्ब पुर्याएको छ।
जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव १५ प्रतिशत बढेर रू ७७ अर्ब ३ करोडभन्दा बढी कायम भएको छ। वार्षिक प्रतिशेयर आम्दानी रू ४६ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू ५२८ दशमलव १३ रहेको छ।