सिन्धुपाल्चोक। बलेफी गाउँपालिका –४ का तीन गाउँका सबै घरमा खानेपानी धारा निमार्ण भएको छ। गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो।
उक्त धाराको बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उद्धघाटन गरेका हुन्। बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ। गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो।
कुल १८ लाख ७९ हजार रुपियाँमा धारा निर्माण भएको छ। दुई वटा वितरण कक्ष बनाई मिटर जडित धारामार्फत् १५ घरधुरीले पिउने पानी पाएका छन्। उक्त संस्थाले मेलम्ची नगरपालिकाका तीन सय घरधुरी, सुनकोशी गाउँपालिकामा दुई सय घरधुरी र बलेफी गाउँपालिकाका २५६ घरधुरीले पानी पाएका छन्। पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गरे।