काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ।
बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी थिइन्।सो सम्बन्धी पत्र मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा पेश समेत भएको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु उनको संवैधानिक अधिकार भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको उनले जानकारी गएका छन्।
यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि गरेको ।
यसबारे कानूनमन्त्रीले सबैसँग छलफल गरिरहेकाे सरकारका प्रवक्ता कार्कीले बताए।
याे पनि:
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता