काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा भदौ २३ गते गर्ने भएको छ ।
सभा रुपन्देही जिल्लाको बुटवल महानगरपालिका स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुिक्त र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।