काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि विहीवारदेखि छलफल शुरु हुने भएको छ ।
नागरिकता विधेयकमाथि पुनः छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले बिहीबारका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि विहीवारदेअि छलफल अघि बढाउने सभामुख सापकोटाले तयारी गरेका हुन् । उनले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक बोलाएका छन्।
उक्त बैठकपछि बिहीबारै ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा विहीवारको संसद बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने उल्लेख छ ।
यसअघि नै बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि पठाउने निर्णय गरिसकेको छ।