बाजुरा। गौमुल गाउँपालिकाको बुढीगंगा नदीमा आगामी तीन वर्षभित्रमा ५६० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिने भएको छ। गाउँपालिकाको वडा नम्बर २ को धजलाउलादेखि ढम्णीया जोड्ने गरी पुल निर्माण गरिने भएको हो।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा पुल निर्माण गर्ने योजनालाई अगाडि सारिएको छ । गाउँपालिकाको वडा नम्बर २ को धजलाउलादेखि ढम्णीया जोड्ने पुल निर्माण गरिने छ । जसका लागि सडक विभागको पुल महाशाखासँग समन्वय भइरहेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
उनका अनुसार त्यहाँ केही वर्ष सडक पुग्ने सम्भावना नरहेको हुँदा स्थानीयको सहजका लागि झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
नेपालकै सबैभन्दा लामो पुल भने कालीगण्डकी नदीमा निर्माण भएको बागलुङ नगरपालिका–१ र पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने पुल हो ।