काठमाडौं। हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा भदौ २८ गते गर्ने भएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरू हुने भएको हो ।
सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको ठेगाना परिवर्तन लगायतका वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।