काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताएकी छिन्। शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय दबाबका कारण रोकिनु परेको बताएकी छिन्।
झाँक्रीले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताइन्। उनले भनेकी छिन्, मैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएकोछ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
उनले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताएकी छिन्। उनले अगाडि भनेकी छिन्, मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।