कावासोती। विनयी त्रिवेणीमा विनयी खोलाले टिपर बगाएको छ। शनिबारदेखि आईरहेको अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ पाखापानीस्थित पाखापानी-सर्दी सडक खण्डमा राति ११ः५० बजे ग २ ख १०२४ नम्बरको टिप्पर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
खोलाले टिपरलाई २०० मिटर जति बगाएको र खोलाको बीच भागमा पुर्याएको प्रहरीले जानकारी दिएको छ। टिपर चालक फरार रहेको र टिपरलाई निकाल्ने पहल भईरहेको प्रहरीले जानकारी दिएको छ।