दाङ। घोराहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
मृत्यु हुनेहरूको नाम खुलिसकेको छैन । आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताए । उनका अनुसार घटनास्थलमा पुग्न ४ घण्टा पैदल हिड्नुपर्छ ।