काठमाडौं। समयमा काम नगर्ने चार वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले हिजो (मङगलबार) सूचना जारी गरी समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोडीने चेतावनी दिएको हो।
निर्माण कम्पनीहरुले सडक डिभिजन कार्यालय भक्तपुरसँग खरिदि सम्झौता गरी तोकिएको समयावधिभित्र निर्माणकार्य सम्पन्न नगरेकोले पटक पटक जानकारी गराउदा पनि सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
समयमा काम सक्नु नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। अन्यथा खरिद सम्झौता, सार्वजानिक खरिद ऐन २०६३ तथा सार्वजानिक नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत बापतको रकम जफत गर्नुका साथै ठेक्का तोड्ने चेतावनी कार्यालयले दिएको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा गौंतम कन्स्ट्रक्सन सिन्धुपाल्चोक, धिताल निर्माण सेवा प्रा.लि काठमाडौं, ओम निलकण्ठेशवर कन्स्ट्रक्सन कम्पनी प्रा.ली काठमाडौं रहेका छन्।
