काठमाडौं। काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा भारतको विहार घर भई हाल काठमाडौं जिल्लाको मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिका रहेका छन्। काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार साँझ ६ बजे भएको घटनामा उनीहरुको मृत्यु भएको हो।
उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको भएतापनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गराइएको छ।