काठमाडौं। बक्यौता रकम भुक्तानी नगर्ने निर्माण कम्पनी सहित १५१ कम्पनीको नामावली सार्वजानिक भएको छ। केपी सिमेन्ट ई प्रा.लिको केन्द्रीय कार्यालयले नामावली सार्वजानिक गरेको हो।
कार्यालयले आज (आईतबार) सूचना जारी गर्दै नामावली सार्वजानिक गरेको छ। प्रकाशित सूचनामा सोहि कार्यालयबाट क्रेडिटमा सिमेन्ट खरिद गरी भुक्तानी दिन बक्यौता भएका कम्पनीहरुलाई यथासिघ्र भूक्तानी गरी आफ्नो हिसाब फरफारक गर्नुहुनको लागी अनुरोध गरिएको छ।
साथै सेल्स एजेन्ट अथवा कम्पनीका आधिकारिक व्यक्तिहरु मार्फत भुक्तानी गरेको भए भुक्तानी गरेको प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्रमा कार्यालयमा आई आफ्नो हिसाव मिलाउन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा कानुन वमोजिम कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ।
