काठमाडौं। गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज (मंगलवार) बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ।