कपिलबस्तु। कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोजकुमार अर्याल विजयी भएका छन्। अर्याल ८९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रशेखर श्रेष्ठले ५१ मत ल्याएका थिए।
त्यस्तै प्रथम उपाध्यक्षमा तपेश्वरी कहार ७५, द्धितीय उपाध्यक्षमा सुनिल शुक्ला ८६, महासचिवमा शिवदयाल ठाकुर ८५, सचिवमा रमेशकुमार मिश्र निर्वाचित भएका छन्।
त्यस्तै कोषाध्यक्षमा लालमोहर तेली १०७ र सहकोषाध्यक्षमा नलिन गौतम भुषाल ७५ मत ल्याएर विजयी भएका छन्। सदस्यहरुमा अब्दुल गफ्फार दर्जी ११५, पवन अग्रहरी ११२, राजकुमार मिश्र १०५, पन्चम सिंह ८४, दिपेन्द्रनाथ शुक्ल ८१ र टुकलाल पुन ७७ मत ल्याएर विजयी भएका छन् भने संयोजकमा अमितकुमार श्रीवास्तव निर्वाचित भएका छन्।
अर्याल पत्रकारिता पृष्ठभूमिका निर्माण ब्यवसायी हुन्। लामो समय नेपाल टेलिभिजनमा काम गरेका अर्याल पत्रकारितासँगै निर्माण ब्यवसाय क्षेत्रमा सक्रिय थिए।