काठमाडौं। काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ। यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो।
तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ। मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो। साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ।