चितवन। नारायणी नदीमा हाम्फालेर एक युवक बेपत्ता भएका छन्। हिजो बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट एक युवक हाम्फालेका चितवन प्रहरीले जनाएको छ।
नाम थर नखुलेका अन्दाजी २५ र ३० वर्षका पुरुषको खोजी भइरहेको प्रहरीको भनाइ छ। वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामग्रीसहित खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।