काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका भवनको नक्सा तीन महिनाभित्र पेश गर्न सूचना जारी गरेको छ। महानगरपालिकाले कुनै पनि व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न भन्दै सूचना जारी गरेको हो।
बिहीबार जारी गरेको सूचनामा महानगरपालिकाले ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको ९० दिनभित्र नक्सा पेस गरी नक्सा स्वीकृत।नियमित गर्न’ भनेको छ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ।
