धनगढी। निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा टेकबहादुर मल्ल निर्विरोध चयन भएका छन्।
संघको ११ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीर्घ राज जोशी, महासचिवमा विक्रम विष्ट, उपमहासचिवहरुमा नीतिगततर्फ योगेन्द्र चन्द, आन्तरिकतर्फ अमरबहादुर खड्का चयन भएका छन्। सह कोषाध्यक्षमा सिद्धराज भट्ट निर्विरोध चयन भएका बताइएको छ।
प्रथम उपाध्यक्षमा धिरेन्द्र साउँद यसअघि निर्विरोध चयन भइसकेका छन्। कोषाध्यक्ष र ६ जना सदस्यको लागि भने निर्वाचन हुने भएको छ।
सो पदमा सहमति जुट्न नसकेपछि शुक्रबार निर्वाचन हुने बताइएको छ।