चितवन। पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो।
कुखुराको दाना राखिएको गोदाममा विद्युत् ‘सट’ भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो।
आगलागीका कारण दाना बनाउने मेसिनमा क्षति पुगेको छ। तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको बताइएको छ।
आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँको क्षति भएको बताइएको छ।