भारत। भारतको हरियाणामा गणेशको मूर्ति विसर्जन गर्दा नहरमा डुबेर सात जनाको मृत्यु भएको छ। विसर्जन समारोहमा डुबेर सोनीपतमा तीन र महेन्द्रगढमा चार जनाको मृत्यु भएको हो।
भदौ १४ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।
महेन्द्रगढमा कनिना–रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेश मूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् ।