काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्।
विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए। विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ।