सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
सोमबार बिहान मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए।
बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको प्रहरीले बताएको छ। ट्रकका चालक प्रहरी नियन्त्रणमा छन्।