काठमाडौं। सङ्घीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतले पाँच वटा निर्माण कम्पनीको ठेक्का तोडि कालोसूचिमा राख्न सिफारिश गरेको छ। कार्यालयले आज (बुधबार) सूचना प्रकाशित गर्दै पाँच वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्न सिफारिश गरेको हो।
उक्त सडक डिभिजन सँग खरिद सम्झौता गरेका वमोजिमको निर्माण कम्पनीहरुले ठेक्काको सम्झौता अनुसारको म्याद समाप्त भैसक्दा समेत निर्माण कार्य सम्पन्न नगरेको कार्यालयले जनाएको छ।
विभिन्न मितिमा कार्यालयबाट निर्माण सम्पन्न गर्न मौखिक तथा लिखित रुपमा ताकेता र सचेत समेत गराइएकोमा अटेर गर्ने गरी निर्माण कार्यलाई अलपत्र पारेकोले सार्बजानिक खरिद ऐन २०६३ को दफा ६३, दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताको जेनेरल कन्डिसन अफ कन्ट्याक को ५८.२ मा व्यवस्था भए बमोजिम ठेक्का अन्त्य गरी कालोसूचिमा राख्न सिफारिश गरिएको सूचनामा उल्लेख गरिएको छ।
सूचनाका अनुसार ठेक्का तोडिने निर्माण कम्पनीहरुमा सिरुवा, कबिर, सुनकोशि, पप्पु र मल्ल जेभी रहेका छन्।
