काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले सडकपेटीमा रहेका अनधिकृत संरचना र होर्डिङ बोर्ड हटाउन थालेको छ। नगरपालिकाले बिहीबार जोरपाटीको अरब बैंकबाट बोर्ड हटाउन थालेको हो।
नगरपालिकाले अहिले बौद्ध पीपलबोट क्षेत्रको होर्डिङ बोर्डहरू हटाइरहेको छ। संरचना हटाउन ९ दिनको म्याद दिए पनि नहटाएपछि नगरपालिकाले हटाउन थालेको बताइएको छ।